वयस्कका लागि कोभिड–१९ खोप सिफारिस नगर्ने अमेरिकी निर्णय

वयस्कका लागि कोभिड–१९ खोप सिफारिस नगर्ने अमेरिकी निर्णय
सुन्नुहोस्

काठमाडौं : अमेरिकाको एक प्रमुख खोप सल्लाहकार समितिले वयस्कका लागि कोभिड–१९ खोप सिफारिस नगर्ने निर्णय गरेको छ।

यो खोप महामारीदेखि नै अधिकांश मानिसले वार्षिक रूपमा लिन आधिकारिक रूपमा अनुमोदन गरिएको छ।

खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति (एसीआईपी)ले पनि कोभिड खोप सिफारिस गर्नेविरुद्ध मतदान गरेको हो।  

दुई दिनको बैठकमा (एसीआईपी)ले दादुरा, मम्प्स, रुबेलाको संयुक्त खोपमा आफ्ना सिफारिस परिवर्तन गरेर हेपाटाइटिस बी खोपमा मतदान स्थगित गरेको हो।

जुनमा अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जूनियरले समितिका सबै १७ सदस्यलाई बर्खास्त गरेर उनीहरूको ठाउँमा नयाँ नियुक्त गरेका थिए। यो निर्णयले खोपबारे शंका गर्ने स्वास्थ्यकर्मीहरूमा आक्रोश निम्त्याएको थियो।

एसीआईपीले खोपका लागि व्यापक सिफारिस समाप्त गर्ने पक्षमा मतदान गरेको छ। यसमा ६५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई पनि समावेश गरिएको छ।  

मे महिनाको सुरुमा स्वस्थ गर्भवती महिला र बालबालिकाका लागि कोभिड–१९ खोपको सिफारिस गर्न रोकिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.