हेटौंडा-काठमाडौं सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने

हेटौंडा-काठमाडौं सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने
फाइल तस्बिर
सुन्नुहोस्

हेटौंडा : बाढीपहिरोको जोखिम बढेकाले हेटौंडा-काठमाडौं जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौंडा-काठमाडौं जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ, हेटौंडा-भैंसे-फाखेल सडक र हेटौंडा-चित्लाङ-काठमाडौं सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन। हेटौंडा हुँदै काठमाडौंका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौंडाको चौकीटोल, भैंसे, पिप्लेमा रोकेको छ। सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन्। 

हेटौंडा-काठमाडौं जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता बोगटीले बताए।

यसैबीच मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त टाढा र राति यात्रा नगर्न आग्रह गरे। उनले सबै जिल्लाबासीलाई सचेत रहन आग्रह गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.