भारी वर्षासँगै रौतहटको दक्षिण भेगमा डुबानको खतरा

भारी वर्षासँगै रौतहटको दक्षिण भेगमा डुबानको खतरा
सुन्नुहोस्

रौतहट : जल तथा मौसम पूर्वानुमान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको छ। आज अपराह्न चार बजेसम्मको रेकर्डअनुसार जिल्लाको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ भने सदरमुकाम गौरमा २४३.६ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ। 

त्यसपछि धेरै वर्षा पर्सामा भएको छ। पर्साको मुडलीमा २३१.८, वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। गएरातिदेखि परेको अविरल वर्षाले बागमती र लालबकैया नदी खतराको स्तरमा पुगेको छ भने गौर जलमग्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। 

मौसमविद्हरूले आज रातिदेखि ठूलो वर्षा हुने पूर्वानुमान गरेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.