नुवाकोटका मुख्य सडकमा चार पांग्रे गाडी सञ्चालनमा रोक

नुवाकोटका मुख्य सडकमा चार पांग्रे गाडी सञ्चालनमा रोक
सुन्नुहोस्

नुवाकोट : भारी वर्षासँगै नुवाकोटका मुख्य सडक मार्गमा चार पांग्रे गाडी सञ्चालनमा रोक लगाइएको छ। सडक मार्गमा यात्रुहरूको सुरक्षाका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो। 

रातको समयमा यातायात सञ्चालन गर्ने निर्णय गरेको एक दिनमै नुवाकोटमा अविरल वर्षातका कारण मुख्य सडकमार्गमा यात्रु तथा धनजनको सुरक्षाका कारण यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।   

काठमाडौंबाट नुवाकोट प्रवेशको सबैभन्दा छोटो दूरीको गंगटे-छहरे-टोखा, पासाङल्हामु मार्ग तथा त्रिदेशीय मार्गको गल्छी-देवीघाट सडकखण्डमा पहिरो तथा बाढीको जोखिम भएका कारण यातायात सन्चालनमा रोक लगाइएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए। 

उनका अनुसार ती सडकमा जोखिमका कारण चार पांग्रे गाडीहरूको आवत जागतका लागि रोक लगाइएको हो। लगातारको वर्षाका कारण जोखिम बढ्नसक्ने तर्फ सचेत गराउँदै उक्त सडक मार्गमा आवतजावतका लागि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.