बागमती नदी करिडोरका बस्ती डुबानमा (फोटो फिचर)
काठमाडौं : भारी वर्षाका कारण बागमती करिडोरका बस्तीहरू डुबानमा परेका छन्। शनिबार विहानैदेखि परेको अविरल वर्षाका कारण थापाथली, टेकु, बल्खु क्षेत्रको करिडोर डुबानमा परेको हो।
बस्ती डुबानमा परेपछि नदी किनारमा विशेष निगरानी बढाइएको छ। बाढीको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ। यसैबीच काठमाडौं महानगरपालिकाले डुबान परेकाहरूलाई विद्यालय भवनहरूमा बस्ने व्यवस्था मिलाएको छ।







प्रतिक्रिया दिनुहोस !