रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
रौतहट : चन्द्रपुर नगरपालिका–९ चेतनगर बजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। शनिबार राति पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा स्थानीय दिनेश साहकी २८ वर्षीया श्रीमती मिंकु देवी साहको मृत्यु भएको हो।
आफ्नै घरमा रहेको मोटर चलाउने क्रममा धारामा अचानक करेन्ट प्रवाह हुँदा मिंकुको बायाँ हातमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि परिवारका सदस्यले तत्काल उनलाई उपचारका लागि सिभिल अस्पताल चन्द्रनिगाहपुर पुर्याएका थिए ।
तर, उपचारको क्रममा शनिबार राति साढे ९ बजे चिकित्सकले मिंकुलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकि प्रमुख डीएसपी रुपा लाबुङले जानकारी दिइन् ।
मृतकको शव पोस्टमार्टमका लागि चन्द्रनिगापुरस्थित सरकारी अस्पतालमा आइतबार बिहान पोष्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !