दशैंपछि पनि देखिएन सेयर बजारमा सुधार, नेप्से परिसूचक ५८ अंकले घट्यो

दशैंपछि पनि देखिएन सेयर बजारमा सुधार, नेप्से परिसूचक ५८ अंकले घट्यो
सुन्नुहोस्

काठमाडौं : दशैं बिदा पछिको पहिलो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ७.८८ अंकले घटेर ४५४.६२ विन्दुमा अडिएको छ।

दशैंअघिको अन्तिम कारोबार दिन असोज १२ गते आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको थियो।

आज ३२६ स्क्रिप्सको १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर ४ अर्ब ६२ करोड ९० लाख  ४२ हजार  ६५६ रुपैयाँमा खरिदबिक्री भए। सिन्चुरी डिवेन्चर २०८८को सेयर १० प्रतिशतले बढ्दा  एनआईसी एसिया ऋणपत्र २०८८को सेयर ९.११ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा  युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

नेपाल रिइन्स्योरेन्सले १९ करोडको सेयर कारोबार गर्दा  हिमालयन रिइन्स्योरेन्सले १२ करोड,शिवम् सिमेन्टले १२ करोड र सिनर्जी पावर डेभलपमेन्टले ११ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्दा नेपाल रिइन्स्योरेन्सको ८.५७ प्रतिशतले घट्यो। कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा २३५ वटाको घट्यो। एक स्टकको मूल्य भने आज स्थिर रह्यो।

सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। अदर्श समूहको उपसूचक सर्वाधिक ४ प्रतिशतले घट्यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.