प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो
सुन्नुहोस्

काठमाडौं :  बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक २६.१३ अंकले बढेर २५८५.७२ विन्दुमा पुगेको छ। 

नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीतिगत निर्णय गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको लगानीकर्ताको भनाइ छ। बुधबार  मात्नेरै पाल राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा र बैंक तथा वित्तीय संस्थाले सेयर खरिदपछि बिक्री गर्न पाउने एक वर्षको लक–इन अवधि  घटाएर ६ महिनामा झार्ने निर्णय गरेको थियो।  यसअघि बैंक तथा वित्तीय संस्थाबाट अधिकतम २५ करोड रुपैयाँसम्म मात्रै धितो कर्जा लिन सकिने व्यवस्था थियो। अब व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट सीमाविहीन धितो कर्जा लिन सक्नेछन्।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले सेयर खरिदपछि बिक्री गर्न पाउने एक वर्षको लक–इन अवधि घटाएपछि सेयर खरिदमा रहेको २० प्रतिशतको सीमा पनि हटाइएको छ।

प्रि ओपन सेसनमा १२१ स्क्रिप्सको ३८ हजार ५६९ कित्ता सेयर १ करोड ५२ लाख ३ हजार ५३५ रुपैयाँमा खरिदिबिक्री भए। कारोबारमा आएकामध्ये १०७ स्टक्सको मूल्य बढ्दा ८ वटाको घटेको छ। बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेक छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.