सेयर बजारमा सकारात्मक सर्किट ब्रेक
काठमाडौं : सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ। बिहीबार कारोबार सुरू भएको ३ मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको हो। कारोबार खुलेको ३ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको हो।
अहिले दोस्रो कारोबार जारी छ।
नेपाल राष्ट्र बैंककले नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीतिगत निर्णय गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो। बुधबार मात्रै नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा र बैंक तथा वित्तीय संस्थाले सेयर खरिदपछि बिक्री गर्न पाउने एक वर्षको लक–इन अवधि घटाएर ६ महिनामा झार्ने निर्णय गरेको थियो।
यसअघि बैंक तथा वित्तीय संस्थाबाट अधिकतम २५ करोड रुपैयाँसम्म मात्रै धितो कर्जा लिन सकिने व्यवस्था थियो। अब व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट सीमाविहीन धितो कर्जा लिन सक्नेछन्।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले सेयर खरिदपछि बिक्री गर्न पाउने एक वर्षको लक–इन अवधि घटाएपछि सेयर खरिदमा रहेको २० प्रतिशतको सीमा पनि हटाइएको छ।
प्रतिक्रिया दिनुहोस !