हेल्मेटमा लुकाएर ल्याएको साढे ८ लाख रुपैयाँसहित एकजना पक्राउ

हेल्मेटमा लुकाएर ल्याएको साढे ८ लाख रुपैयाँसहित एकजना पक्राउ
सुन्नुहोस्

विराटनगर : टाउकोमा लगाएको हेल्मेटमा लुकाएर ल्याएको करिब साढे ८ लाख रुपैयाँसहित शनिबार दिउँसो एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। 

बरामद भएको ८ लाख ४७ हजार रुपैयाँको स्रोत नखुलेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१२ सैनिक टोलबाट दिउँसो १ बजेतिर स्रोत नखुलेको रकम बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। उनका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई प्रहरीले शंका लागेर रोकेको थियो। 

बीआर ३८ भी ३३२८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा चालक मोरङको जहदा गाउँपालिका–७ का ४६ वर्षीय नवीन साहले लगाएको हेल्मेटभित्र लुकाएर ल्याएको अवस्थाका रकम बरामद भएको एसपी कटवालले बताए। साहले लगाएको हेल्मेटबाट १ हजार दरका ८ सय, ५ सय दरका ५१, १ सय दरका १ सय ४६ र ५० रुपैयाँ दरका १ सय २ थान नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार साहले आफ्नो साथमा रहेको ८ लाख ४७ हजार रुपैयाँको स्रोत खुलाउन सकेनन्। स्रोत नखुलेको रकमसहित मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका साह, बरामद भएको रकम र नियन्त्रणमा लिइएको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रानीमा राखेर इन्स्पेक्टर कवीन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको आशंका छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.