पाल्पाका गाउँ गाउँमा फूल खेती फस्टाउँदै

पाल्पाका गाउँ गाउँमा फूल खेती फस्टाउँदै

तानसेन : घर घरमा आँगनको डिलमा तथा  खेतबारीको छेउ छाउमा लगाउने फूललाई यतिखेर पाल्पाका गाउँ गाउँमा व्यावसायिक खेती  बढ्दै गएको छ।  तिहारमा फूल तथा मालाको प्रयोग बढ्दै गएकाले पाल्पाका ग्रामीण बस्तीहरूमा फूल खेती फस्टाउँदै गएको हो। यस वर्ष बजारमा फुल र मालाको मूल्य राम्रो पाएकोमा पाल्पाली पुष्प किसानहरू हर्षित भएका छन्। यस वर्षको तिहारमा किसानहरूले ६ सय रुपैयाँदेखि १२ सय रुपैयाँ किलोसम्म फूल बिक्री गरेका छन्। 

फूलको पर्वका रूपमा रहेको तिहार भाइटीकामा विभिन्न थरी थरीका फूल तथा मालाको प्रयोग बढ्दै गएपछि पाल्पाका ग्रामीण बस्तीहरूमा फूल खेतीलाई व्यावसायिक उत्पादन बढाउँदै लगिएको छ। पाल्पाको तानसेन नगरपालिका, रामपुर नगरपालिका, माथाँगढी, बगनासकाली, तिनाउँ, रिव्दीकोट, रैनादेवीछहरा, पूर्वखोलामा लगायतका क्षेत्रहरूमा व्यावसायिक रूपमा फूल खेती सुरु गरिएको छ। 

तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीकासँगै मखमली, सयपत्री, गुर्दयौली फूलका माला लगाइदिने प्रचलन रहेको छ। तिहारलाई लक्षित गरेर नै फूल व्यवसायीहरूले फूलको उत्पादन तथा व्यापारलाई ध्यान दिएका हुन्छन्। माथाँगढी गाउँपालिका-२ रुप्सेका  टोपराज पौडेल वैदेशिक रोजगारी छोडेर गाउँमै फूल खेतीमा रमाएका छन्। पुष्प व्यवसायी पौडेलले  विगत ४ वर्षदेखि  फूल खेती गर्दै आएका छन्। पौडेलले यस वर्ष ४ रोपनी जग्गामा फूल खेती गरेका छन्। पुष्प व्यवसायी पौडेलले यस वर्ष २५० रुपैयाँदेखि तिहारको सिजनमा ५ सय ५० रुपैयाँ किलोमा फूल बिक्री गर्दै आएका छन्। यस वर्ष  पौडेलले २०० किलो फूल बिक्री गरेको र  बजारको माग अनुसार फूल दिन नसकेको उनले बताए। बजारमा अत्यधिक फूलको माग भए तापनि उत्पादन कम भएकोले माग धान्न गाह्रो भएको फुल व्यवसायीहरूले बताएका छन्। 

गत वर्ष ८० देखि एक सय रुपैयाँसम्म माला बिक्री गरेको अनुभव सुनाउँदै गण्डकी पूजा सामग्री तानसेनका भविन्द गौतमले यस वर्ष १ सय ५० रुपैयाँमा पनि माला नपाएको बताए। यस वर्ष फूल र मालाको अभाव भएको गौतमले बताए। पाल्पा बगनासकाली गाउँपालिका-८ बराङ्दीका झपिन्द्र बस्यालले अन्य खेतिपाती छाडेर फूल खेती गर्दै आएका छन्। पुष्प व्यवसायी बस्यालले अहिले १० रोपनीमा फूल खेती गर्दै आएका छन्।

यस वर्ष ६ सय किलो फूल २ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म प्रतिकिलो बिक्री गरेका छन्। १५ वर्ष विदेशमा पसिना बगाएका बस्यालले यो वर्ष निकै राम्रो बजार भाउ पाएको बताए। यो वर्ष भारतीय फूल नआएको कारण नेपाली किसानहरूले राम्रो आम्दानी गरेको बस्यालले बताए। पाल्पामा पुष्प व्यवसायीले यसवर्ष झण्डै ५० रोपनी क्षेत्रफलमा फूल खेती गरेका छन्। पाल्पाका १० वटै पालिकामा फूल खेती विस्तार भएको छ। 

विगत केही वर्षदेखि फूल खेती गर्दै आएकी पाल्पाकी शान्ति कोइरालाले फूलमालाको आम्दानी र व्यापार राम्रो भएको बताइन्। ५ रोपनी क्षेत्रफलमा फूल लगाएकी थिए। फुल घरैबाट खोसाखोस भएको फूलखेती व्यवसायी शान्ति कोइरालाले बताइन्। पाल्पाका तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका र रामपुर नगरपालिकाले विदेशी फुल र कृत्रिम माला प्रयोग नगर्न सार्वजनिक आह्वान गर्दै पालिका स्तरका किसानको फुल प्रयोग अनुरोध गर्दै आएका छन्। पाल्पामा केही वर्षदेखि व्यवसायी रूपमा फूल खेतीको विस्तार बढेको छ। पाल्पामा ५० रोपनी क्षेत्रफलमा ४० जना व्यक्तिले फूल खेती गर्दै आएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.