सेयर बजारमा हरियाली : नेप्से परिसूचक ६२ अंकले बढ्यो,साढे ४ अर्बको कारोबार

सेयर बजारमा हरियाली : नेप्से परिसूचक ६२ अंकले बढ्यो,साढे ४ अर्बको कारोबार

काठमाडौं : सेयर बजारमा ६२ अंकको वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ।

सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेको  थियो। सो दिन २ अर्ब ६६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन नेप्से बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। आज ३१४ स्क्रिप्सको ९२ लाख  ४३ हजार ७२३ कित्ता सेयर ४ अर्ब ५७ करोड ३९ लाख ३ हजार ४०५ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २३६ स्टक्सको  मूल्य बढ्दा १२ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। न्यादी हाइड्रोपावर र  बुटवल पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसैगरी एक्सिल डेभलपमेन्ट बैंकको सेयर ९.९८ प्रतिशतले बढ्दा राधी विद्युतको ९.६० प्रतिशत र  लुम्बिनी विकास बैंकको ९.३५ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्षस्थानमा रह्यो। सो कम्पनीले २४ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

यसैगरी युनियन हाइड्रोपावरको २३ करोडको सेयर कारोबार गर्दा राधी विद्युतले २१ करोड, बुटवल पावर र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १९/१९ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

यसदिन १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। डेभलपेन्ट विकास बैंक समूहको उपसूचक सर्वाधिक ४.४७ प्रतिशतले बढ्यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.