प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.७९ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक १३.७९ अंकले बढेर २६१४.१८ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ५९ वटा स्क्रिप्सको ३१ हजार ४९० कित्ता सेयर १ करोड ७७ लाख ८६ हजार १७० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहयो।
प्रतिक्रिया दिनुहोस !