सुनको मूल्य बढ्यो,चाँदी घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार २७ सय रुपैयाँ बढेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार पुगेको थियो।
आज शुक्रबारको तुलनामा ७ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ७ सय रुपैयाँ बढेर प्रतितोला सुन २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको हो।
सुनको मूल्य बढे पनि चाँदीमा भने सामान्य गिरावट आएको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदीको भाउ ३ हजार ५५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी ३ हजार ५६० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !