एक इटालियन आरोहीको उद्धार, दुईको खोजी कार्य जारी
गोरखा : गोरखाको पाङबारी हिमालमा पाँचदिनदेखि फँसिरहेका तीन इटालियनमध्य एकजनाको उद्धार भएको छ। दुई जनाको खोजी कार्य भइरहेको छ। ५५०० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा रहेका ६५ वर्षका भेल्टर परलिनोको आइतबार बिहान १० बजे हेलिकोप्टरबाट उद्धार गरी चुमनुब्री १ साम्दोमा ल्याई राखिएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
उनको साथमा बेसक्याम्पमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकोप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए।
तर क्याम्प १ मा रहेका दुई इटालियन आरोहीको भने खोजी कार्य भइरहेको छ। ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
खोज्न गएको हेलिकोप्टरले बेसक्याम्पका आरोहीलाई फेला पारेको र क्याम्प १ का आरोहीलाई फेला नपारेपछि दिउँसो १२ बजेसम्म पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !