विहार विधानसभा निर्वाचन : मोदी अररिया आउने भएपछि सुनसरीको सीमा क्षेत्रमा कडाइ
सुनसरी : भारतको बिहारमा हुने आसन्न विधानसभा निर्वाचन नजिकिँदै जाँदा सुनसरी र मोरङ जिल्लाको सुरक्षामा कडाइ गरिएको छ। बिहारको अररिया जिल्लामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाको तयारी भइरहेका बेला सुनसरी र मोरङका सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
मोदी बिहीबार अररिया जिल्लामा जनसभालाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएपछि नेपाल-भारत सीमामा दुबै देशका सुरक्षाकर्मीहरू सक्रिय भएका छन्। सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले मोदीको आगमनलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा निगरानी र चेकजाँच कडा पारिएको जानकारी दिए।
उनले भने, 'सीमामा रहेका सबै नाका र अवैध आवागमनका बाटोहरूमा प्रहरी परिचालन गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ। सीमा क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षामा उच्च सतर्कता अपनाएका छौं।'
सुनसरीको अमडुवा, भुटाहा, लौकही, हरिनगर, भन्टाबारी लगायतका सीमाक्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती बढाइएको छ। त्यस्तै मोरङतर्फ जोगवनी नाकामा पनि चेकजाँचमा कडाइ गरिएको छ। स्थानीय प्रशासनले सीमावर्ती बासिन्दालाई आवश्यक कारणबाहेक भारततर्फ नजान आग्रह गरेको छ।
बिहारमा निर्वाचन हुनुअघि भारत सरकारले पनि सीमावर्ती राज्यहरूमा सुरक्षाकर्मी परिचालन बढाएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालतर्फबाट हुने अवैध आवागमन, तस्करी र सम्भावित अवाञ्छित गतिविधि रोक्न सीमा क्षेत्रमा निरन्तर पेट्रोलिङ गरिरहेको भारतिय एसएसबीले जनाएका छन्।
नेपाल र भारतबीच खुला सीमा भएकाले प्रत्येक निर्वाचनमा दुवै देशका सुरक्षातन्त्रले संयुक्त रूपमा सुरक्षा सतर्कता बढाउने परम्परा छ। यस पटक प्रधानमन्त्री मोदी स्वयं सीमासFग जोडिएको जिल्लामा उपस्थित हुने कार्यक्रम भएकाले थप कडाइ गरिएको एसपी थेबेले बताए। स्थानीयafसीका अनुसार पछिल्ला दुई दिनयता सीमा नाकामा प्रहरीले सवारी साधन र यात्रुको कडाइपूर्वक चेकजाँच गरिरहेको छ। भारतीय अधिकारीहरूले यो तयारी भारतको निर्वाचन सुरक्षासँग सम्बन्धित नियमित प्रक्रिया भएको स्पष्ट पारेका छन्।
बिहारमा हुने निर्वाचनका कारण नेपाल-भारत सीमा क्षेत्रमा अहिले विशेष सुरक्षा सतर्कताका साथ दुबै देशका सुरक्षा निकायहरू आपसी समन्वयमा काम गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !