प्री ओपन सेसनमा नेप्से परिसूचक २.२७ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार यो सेसनमा नेप्से परिसूचक २.२७ अंकले बढेर २५९८.३९ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ४० वटा स्क्रिप्सको ८ हजार ९३४ कित्ता सेयर ५८ लाख ९१ हजार १२२ रुपैयाँमा खरिदबिक्र भए। कारोबारमा आएकामध्ये १९ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !