दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक, काठमाडौं र जनकपुरले उद्घाटन खेल खेल्ने

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक, काठमाडौं र जनकपुरले उद्घाटन खेल खेल्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको तालिका सार्वजनिक भएको हो। क्यानले सोमबार साँझ तालिका सार्वजनिक गरेको हो। 

मंसिर १ गतेबाट २७ गतेसम्म चल्ने नेपाल प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले उद्घाटन खेल खेल्नेछन् । उद्घाटन खेल मङ्सिर १ गते दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। 

यसपटकको खेल तालिका पहिलो खेल सवा ११ मा सुरु हुनेछ भने डबल हेडरको फिचरमा ४ बजे दोस्रो खेल हुनेछ। त्रिवि क्रिकेट मैदानमा फ्लडलाई जडानको कार्य भइरहेको छ। नेपाल प्रिमियर लिग डे नाइट फर्म्याटमा खेलाउने हिसाबले तालिका सार्वजनिक भएको छ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको फाइनल खेल मंसिर २७ गते शनिबार साढे ३ बजे सुरु हुनेछ। पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.