प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढ्यो
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.९२ अंकले बढेर २५६३.८७ विन्दुमा पुगेको छ। ४४ स्क्रिप्सको ८ हजार ८७९ कित्ता सेयर ६१ लाख ४७ हजार ५६२ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा ८६ पटक सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १८ स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो। १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !