सौगत चितवनका ‘आइकोनिक प्लेयर’

सौगत चितवनका ‘आइकोनिक प्लेयर’

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजको ‘आइकोनिक प्लेयर’मा सौगत ढकाल चयन भएका छन् । चितवनले आयोजना गरेको ट्यालेन्ट हन्टबाट राइट आर्म लेग स्पिनर सौगत ‘आइकोनिक प्लेयर’ घोषित भएका हुन् ।

चितवनले हेटौंडा, टाँडी र भरतपुरमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गरेको थियो । खेलाडीको अन्तिम छनोट भने गौतम बुद्ध रंगशालास्थित नमुना क्रिकेट मैदानमा गरिएको थियो । छनोट समितिको विस्तृत मूल्यांकनपछि सौगत ‘आइकोनिक प्लेयर’ घोषित भएका हुन् । यस्तै राइट आर्म फास्ट बलर सक्रिय कार्की र लेफ्ट–आर्म फास्ट बलर नरेश प्रधान डेभलपमेन्ट टिममा चयन भएका छन् ।

ट्यालेन्ट हन्टले नेपालको विभिन्न स्थानबाट उदाउँदो प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्य बोकेको थियो । चितवन राइनोजले यसलाई घरेलु क्रिकेट विकास र भविष्यका स्टार खेलाडी तयार पार्ने दीर्घकालीन योजनाको हिस्साका रूपमा लिएको अध्यक्ष आयुष न्यौपानेले बताए ।

‘ट्यालेन्ट हन्ट कार्यक्रमले फेरि प्रमाणित गरेको छ कि नेपालमा क्रिकेट खेलप्रति असाधारण क्षमता र रुचि छ । हामी यस्ता खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर दिलाउने लक्ष्यका साथ अघि बढिरहेका छौं’, अध्यक्ष न्यौपानेले भने । उनले देशभरका युवालाई खेलमार्फत सशक्त बनाउने र ग्रासरुट स्तरदेखि क्रिकेटको विकासमा योगदान दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.