सुनको मूल्य ६ हजार ९०० ले घट्यो
काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य ६ हजार ९०० रुपैयाँले घटेको भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज ६ हजार ९०० रुपैयाँले घटेको हो।
शुक्रबार ५०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४९ हजार ७०० रुपैयाँ पुगेको थियो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ६ हजार ९०० रुपैयाँले घटेर एक तोला सुनको मुल्य २ लाख ४२ हजार ८०० कायम भएको छ।
सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। यसदिन प्रतितोला चाँदी ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलाको ३ हजार २८५ रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !