प्रि ओपिन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.४४ अंकले बढेर २५५०.१८ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ४७ वटा स्क्रिप्सको १२ हजार ७५६ कित्ता सेयर ७० लाख १० हजार ६४० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !