जनकपुरले काठमान्डुलाई दियो १३१ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ५ विकेटको क्षतिमा १३० रन बनाएको हो।
जनकपुरका लागि ओपनर आशिफ शेखले अर्धशतकसहित सर्वाधिक रन प्रहार गरे। उनले ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रन बनाए। त्यस्तै मयन यादव ३४ रन र लहिरु समरकुन २२ रनमा अविजित रहे। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
प्रतिक्रिया दिनुहोस !