विकास आयोजनाको अनुगमनमा प्रदेश सरकारको सक्रियता

विकास आयोजनाको अनुगमनमा प्रदेश सरकारको सक्रियता

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका विकास आयोजनाहरूको अनुगमनमा सक्रियता देखाएको छ। प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल आफैं प्रदेश भित्रका विभिन्न जिल्लाका विकास आयोजनाहरूको अनुगमनमा निस्केर सक्रियता देखाउन थालेका हुन्।

केही समय अगाडि जाजरकोट, सल्यान हुँदै डोल्पासम्मका विकास आयोजनाहरू अनुगमन गरी फर्किएका कँडेल आज दैलेखको डुंगेश्वर डाँडापराजुल सडकको अनुगमन गरे। अनुगमनका क्रममा उनले विकास आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गराउन विकासको गति बढाउन निर्देशन पनि दिए।

दैलेखको डुंगेश्वर गाउँपालिका मुकामसम्म जोड्ने डुगेश्वर डाँडापराजुल ग्रामीण सडक गत वैशाख अन्तिम साताबाट सुरु भएको हो। आगामी २ वर्षभित्र कालोपत्रे गरी सक्नुपर्ने उक्त सडकको हालसम्म ३५ प्रतिशत कार्य सम्पन्न भएको निर्माण व्यवसायी मानव बमले बताए। उनका अनुसार यसै गतिले कामलाई निरन्तरता दिएर तोकिएको समय भन्दा अगाडि नै उक्त सडक पालिकालाई हस्तान्तरण गर्ने लक्ष्य छ।  

कर्णाली प्रदेश सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममार्फत कर्णालीका विभिन्न जिल्लाका २० वटा पालिकामा जोड्ने सडकहरू कालोपत्रे गर्ने गरी तयारी गरिएको छ। कतिपय पालिकामा निर्माण सुरु भएको कतिपयमा ठेक्का खुलेको र कतिपय आयोजनाहरू ठेक्का खुल्ने चरणमा रहेको आयोजनाले जनाएको छ। 

आवश्यकता र प्राथमिकताका आधारमा कर्णालीका हरेक सडकहरू कालोपत्रे गर्ने कार्यको थालनी गरिएको मुख्यमन्त्री कँडेलले बताए। डुंगेश्वर डाँडापराजुल सडक अनुगमनमा मुख्यमन्त्री सहित आयोजना स्थलमा पुगेका प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अर्जुन बमले यस आयोजनाको निर्माणको कार्य सन्तोषजनक रहेको बताए। उनले यसै गति अनुसार काम भयो भने तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए। 

विश्व बैंकको ऋण सहायतामा सञ्चालन हुने गरी संघ सरकारको समन्वय तथा स्थानीय तहको सहयोगमा प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी पूर्वाधार विकास कार्यालयले रेखदेखको जिम्मेवारी लिने गरी डुंगेश्वर डाँडापराजुल सडक कालोपत्रेको काम भइरहेको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना प्रमुख योगेन्द्र धरालाले बताए। 

उनका अनुसार डुगेश्वर डाँडापराजुल सडक करिब ८ किलोमिटर लामो छ। जसको कालोपत्रेका लागि भ्याटसहित २८ करोड १२ लाख ७५ हजार ९ सय ३७ रुपैयाँ लागतमा निर्माण हुन लागेको हो। उक्त सडक निर्माणको जिम्मा अमर–खड्काकृष्ण–वासना जेभीले लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.