पावरप्लेमा विराटनगरको १ विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पावरप्लेमा ५५ रन बनाएको छ।
मंगलबारको दोस्रो खेलमा त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्ध पावरप्लेमा १ विकेट गुमाउँदै विराटनगरले ५५ रन बनाएको छ।
ओपनर ब्याटर जर्ज मुन्से १० रनमा क्याच भएका हुन्। उनी १.२ ओभरमा म्याट टेलरको बलमा क्याच भए।
हाल क्रिजमा लोकेश बम २६ र मार्टिन गप्टिल १७ रनमा खेलिरहेका छन्।
आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !