लोकेश बमको अर्धशतक, मार्टिनसँग शतकीय साझेदारी
काठमाडौं : विराटनगर किंग्सका ओपनर ब्याटर लोकेश बमले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरका लोकेश बमले ३७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका छन्।
समग्रमा लोकेशको एनपीएलमा दोस्रो अर्धशतक हो।
यसअघि जारी संस्करणमा पाँचौं अर्धशतक हो। यसअघि, जनकपुरको आसिफ शेख, कर्णालीका प्रियांक पञ्चाल र चितवनका रवि बोपारा र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए।
जारी खेलको पहिलो इनिङ्समा दोस्रो अर्धशतक हो। १३ ओभर सकिँदा उनी र मार्टिन गप्टिलले १२४ रनको साझेदारी गर्दै खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !