विराटनगरले पोखरालाई दियो हालसम्मको एनपीएलको सबैभन्दा उच्च लक्ष्य

विराटनगरले पोखरालाई दियो हालसम्मको एनपीएलको सबैभन्दा उच्च लक्ष्य

काठमाडौं : लोकेश बम र मार्टिन गप्टिलको शतकीय साझेदारीसँगै विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको किर्तिमानी लक्ष्य दिएको छ। यो हालसम्मको एनपीएलको सबैभन्दा उच्च लक्ष्य हो। 

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो खेलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको छ। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले दोस्रो विकेटको लागि १३२ रनको साझेदारी गर्दै विराटनगरको ठूलो स्कोर बनाएको हो। 

विराटनगरको लागि लोकेश बमले सर्वाधिक ७२ रन बनाए। उनले ४८ बलमा १ चौका र ७ छक्का बनाए। मार्टिन गप्टिलले ६१ रनको पारी खेले। जर्ज मुन्से १० रनमा क्याच भए। यो एनपीएलमा दोस्रो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो। 

यसअघि पहिलो संस्करणमा विनोद भण्डारी र ब्रान्डन म्याकमुलेनले ८६ रनको साझेदारी गरेका थिए। 
विराटनगरका वसिर अहमदले २३ रन बनाएर क्याच भए। शुभम रञ्जानले ३८ रन बनाएर रनआउट भए। प्रतिश जिसी डक आउट भए। नारायण जोशी ११ रनमा अविजित रहे। 

एनपीएलमा पहिलो इनिङ्समा बनेको सबैभन्दा ठूलो स्कोर हो। यसअघि पहिलो संस्करणमा लुम्बिनीले विराटनगरविरुद्ध १९१ रनको पारी खेलेको थियो। उक्त रनलाई विराटनगरले उक्त लक्ष्य पार गर्दै १९३ रन बनाएको थियो। 

पोखराका लागि म्याट टेलरले २ विकेट लिँदा कुशल भुर्तेल र सागर ढकालले १–१ विकेट लिए। पोखराले ६ जना बलर प्रयोग गर्दा सबै बलर निकै महँगो बने। सबैको इकोनोमी १० भन्दा तल रहेन। 

हालसम्म एनपीएलमा २०० माथिको रन बनेको थिएन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.