प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढ्यो
काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.८४ अंकले बढेर २५७०.९२ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ५४ वटा स्क्रिप्सको ६२ हजार ९९१ कित्ता सेयर २ करोड ३९ लाख ८९ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !