१० हजार धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएका थुनुवाको मृत्यु

१० हजार धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएका थुनुवाको मृत्यु

विराटनगर  : धरौटीबापतको १० हजार रूपैयाँ बुझाउन नसक्दा जिल्ला कारागार मोरङ चलान गरिएका एकजना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ ।  कारागारका जेलर गौरव ढुंगेलका अनुसार अभद्र व्यवहार मुद्दाका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको हो । लिम्बूलाई अभद्र व्यवहार मुद्दामा गत साउन १४ गते कारागार चलान गरिएको थियो । 

जिल्ला प्रशासन कार्यालय मोरङले उनीसँग धरौटीबापत १० हजार रूपैयाँ मागेको थियो । उक्त रकम बुझाउन नसकेपछि कारागार चलान गरियो । प्रशासनको आदेश अनुसार पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएका लिम्बूविरुद्ध मुद्दा भने हालसम्म विचाराधीन छ । 

आफूविरुद्धको मुद्दाको छिनोफानो हुन बाँकी रहेकै अवस्थामा उनको भने मृत्यु भएको हो ।  लिम्बूलाई अचानक श्वास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएको थियो । समस्याका बारेमा थाहा पाउनेवित्तिकै उनलाई मंगलबार राति ८ बजेतिर कारागार प्रशासनले उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेको थियो । 

कोशी अस्पतालमा उपचाररत अवस्थामै बुधबार बिहान १० बजेतिर लिम्बूको मृत्यु भएको जानकारी ढुंगेलले दिए । उनका अनुसार लिम्बूलाई स्वास्थ्यसम्बन्धी पुरानै समस्या थियो ।  साउनयता मात्रै कारागारमा राखिएका ६ जना कैदीबन्दीको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.