काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोज्यो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको तेस्रो दिन काठमान्डु गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा बुधबारको खेलमा काठमान्डु गोर्खाजका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्।
काठमान्डु गोर्खाजले पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो। सुदूरपश्चिम रोयल्सको भने दोस्रो संस्करणको पहिलो खेल हो।
काठमान्डु गोर्खाजको प्लेइङ ११
करण केसी (कप्तान), साहब आलम, भीम सार्की, रसिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, वेन चार्लेसवर्थ, मिलिन्द कुमार, सन्नी पटेल, जन सिम्पसन
सुदूरपश्चिम रोयल्सको प्लेइङ ११
दिपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनाश बोहोरा, नरेन साउद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेइलिन, जोश ब्राउन, हर्मीत सिंह
प्रतिक्रिया दिनुहोस !