पावरप्लेमा सुदूरको ब्याटिङ धरापमा
काठमाडौं : काठमान्डु गोर्खाजसँगको खेलमा पावरप्लेमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धरापमा परेको छ। पावरप्ले सकिँदा सुदूरपश्चिमले ४ विकेट गुमाउँदै २७ रन बनाएको छ।
सुदूरपश्चिमका लागि पहिलो विकेटको रुपमा जोश ब्राउन आउट भए। सुदूरले रनको खाता खोल्नु अगाडि नै पहिलो विकेटको रुपमा ओपनर ब्याटरको विकेट गुमाएको हो। करण केसीले पहिलो ओभरको दोस्रो बलमा जोशलाई एलबीडब्ल्यू आउट बनाएका हुन्।
पहिलो ओभरको अन्तिम बलमा करण केसीले अर्का ओपनर विनोद भण्डारीलाई भीम सार्कीको हातमा क्याच गराएका हुन्।
दुई ओपनर डकआउट हुँदा वान डाउन आएका क्रिस लिन पनि २ रन बनाउँदै क्याच भए। २.५ ओभरमा लिनको विकेट गएको हो।
चौथो विकेटको रुपमा इशान पाण्डेको विकेट गयो। उनले ९ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाउँदै आदिल आलमको हातमा क्याच भए।
काठमान्डु गोर्खाजका लागि कप्तान करण केसीले ३ विकेट लिए। मिलिन्द कुमारले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !