हर्मीत सिंहको आक्रमक अर्धशतक
काठमाडौं : सुदूरपश्चिम रोयल्सका लागि हर्मीत सिंहले आक्रमक अर्धशतक पूरा गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा काठमान्डु गोर्खाजविरुद्ध १९ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले २ चौका र ६ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।
उनले ४७ रनमा जीवनदान पाए। भिम सार्की र आदिल आलमबिच कसले क्याच लिने भन्ने दोधार हुँदा उनीहरु एकआपसमा ठोक्किएका थिए।
उनले अर्धशतक पूरा गरेको अर्को बलमा क्याच आउट भए। उनी २० बलमा २ चौका र ६ छक्कासहित ५३ रन बनाउँदै क्याच आउट भए।
जारी संस्करणको यो सातौं अर्धशतक हो।
प्रतिक्रिया दिनुहोस !