लुम्बिनी लायन्सले जित्यो टस, रोज्यो बलिङ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्।
चितवनको यो दोस्रो खेल हो। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो।
लुम्बिनी लायन्सको प्लेइङ ११
रोहित कुमार पौडेल (कप्तान), सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिषेश गौतम, दिनेश अधिकारी, डार्सी सर्ट, गुल्बदिन नैब, रुबिन ट्रम्पलमेन, जे जे स्मिथ, समिर अली
चितवन राइनोजको प्लेइङ ११
कुशल मल्ल (कप्तान), रिजन ढकाल, देव खनाल, समर सिंह रौतेला, दीपक बोहरा, कमल सिंह ऐरी, डेविड मलान, रबि बोपारा, सैफ जैब, सोहिल तान्भिर, अर्जुन साउद
प्रतिक्रिया दिनुहोस !