पावरप्लेमा चितवनले गुमायो ओपनरद्वय
काठमाडौं : चितवन राइनोजले पावरप्लेमा ३२ रन बनाएको छ। त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौँ खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवनले पावरप्लेमा २ विकेट गुमाउँदै ३२ रन बनाएको हो।
पहिलो ओभरको दोस्रो बलमा चितवन राइनोजले ओपनर डेविड मलानलाई डकआउटको रूपमा गुमायो। दोस्रो विकेटको रूपमा अर्का ओपनर दीपक बोहोरा स्टम्पिङको रूपमा पेभेलियन फर्किए। उनले १२ बलमा १ चौकासहति १० रन बनाए।
हाल क्रिजमा देव खनाल ४ र रबि बोपारा १५ रनमा खेलिरहेका छन्। लुम्बिनीका लागि अभिषेश गौतम र रुबिन ट्रम्पलमेनले १–१ विकेट लिए।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। लुम्बिनी लायन्सको भने यो पहिलो खेल हो।
प्रतिक्रिया दिनुहोस !