लुम्बिनीले पावरप्लेमा बनायो ५१ रन
काठमाडौं : लुम्बिनी लायन्सले पावरप्लेमा ५१ रन बनाएको छ। टियु क्रिकेट स्टेडिययमा टस हारेर ब्याटिङ गरेको चितवन राइनोजले दिएको १४३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले पावरप्लेमा २ विकेट गुमाउँदै ५१ रन बनाएको हो।
लुम्बिनी लायन्सले पहिलो विकेटको रूपमा डार्सी सर्टको विकेट गुमाएको हो। उनले ६ बलमा १ चौका र १ छक्का सहित ११ रनमा रिजन ढकालको हातबाट बोल्ड भए। ५.३ ओभरमा लुम्बिनी लायन्सले १ विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।
दोस्रो विकेटको रूपमा सन्दीप जोराको विकेट गएको हो। ५.४ ओभरमा सन्दीप जोरा रिजन ढकालको बलमा कुशल मल्लको हातमा क्याच भए। उनले १८ बलमा ४ चौकासहित २८ रन बनाए।
हालः क्रिजमा रोहित पौडेल ४ र दिलिप नाथ शून्यमा अविजित छन्। चितवनका लागि दुवै विकेट रिजन ढकालले लिए। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। लुम्बिनी लायन्सको यो पहिलो खेल हो।
प्रतिक्रिया दिनुहोस !