लुम्बिनीले टस जितेर काठमान्डुलाई दियो ब्याटिङको निम्तो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट रंगशालामा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर कप्तान रोहित पौडेलले गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन्।
लुम्बिनी लायन्सको यो तेस्रो खेल हो। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले पराजित भएको थियो।
काठमान्डुको भने यो चौथो खेल हो। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएर सुखद सुरुवात गरेको काठमान्डुले त्यसपछिको २ खेलमा हार व्यहोर्यो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको काठमान्डु तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भएको थियो
प्रतिक्रिया दिनुहोस !