विराटनगरले टस जितेर रोज्यो फिल्डिङ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को १२ औँ खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट स्टेडियममा विरटानगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको दिएका हुन्।
विराटनगरको यो चौथो खेल हो। विराटनगर ३ खेलमा ३ जितसहित अपराजित रहेको छ। विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ष्ट्सलाई ९ रनले हराएको थियो।
चितवनको यो तेस्रो खेल हो । चितवन गोर्खाजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हारेको थियो।
प्रतिक्रिया दिनुहोस !