चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १२ औँ खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। बुधबार त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको हो। 

चितवनका लागि रबी बोपाराले सर्वाधिक ६५ रन बनाए।उनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। ४ बलमा ४ रन हुँदा नरेन भट्टले गरेको १० औँ ओभरको पाँचौँ बलमा रवि बोपाराको क्याच प्रतिश जिसीले मिस गरे। ४ रनमा जीवनदान पाएका बोपाराले अर्धशतकीय पारी खेलेका थिए। उनले पाँचौँ विकेटका लागि कप्तान कुशल मल्लसँग ५६ रनको साझेदारी गरे। 

पहिलो विकेटको रूपमा दीपक बोहोरा १.३ ओभरमा ५ रनमा क्याच आउट भए। चितवनका लागि आक्रामक सुरुवात गरेका डेविड मलानले ९ बलमा ३ चौकासहित १७ रन बनाउँदै मर्चान्ट डी लाङ्गेको बलमा बोल्ड भए। पावरप्लेमा २ विकेट गुमाउँदै ४७ रन बनाएको थियो । 

तेस्रो विकेटको रूपमा देव खनालको विकेट गयो। उनले तेस्रो विकेटका लागि सैफ जैबसँग ४२ रनको साझेदारी गरे। पछिल्लो २ खेलमा सस्तैमा पेभेलियन फर्किएका देवले तेस्रो खेलमा आएर २८ रन बनाए। 

चौथो विकेटको रूपमा सैफ जैबको विकेट गयो। उनले ३० बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३२ रन बनाउँदै क्याच आउट भए। उनले चौथो विकेटको रूपमा रबी बोपारासँग ४९ रनको साझेदारी गरे। कप्तान कुशल मल्ल २० र अमर सिंह रौतेला ३ रनमा अविजित रहे। 

विराटनगर किंग्सका लागि मर्चेन्ट डी लाङ्गे र सन्दीप लामीछानेले समान २–२ विकेट र शुभम रञ्जानेले १ विकेट लिए। 

विराटनगरको यो चौथो खेल हो। विराटनगर ३ खेलमा ३ जित सहित अपराजित रहेको छ। विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो। 

चितवनको यो तेस्रो खेल हो । चितवन गोर्खाजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हारेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.