विराटनगरको अपराजित यात्रामा चितवनले लगायो ब्रेक

विराटनगरको अपराजित यात्रामा चितवनले लगायो ब्रेक

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १२ औँ खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो। चितवनको जितमा रञ्जित कुमारले उत्कृष्ट पाँच विकेट लिए। 

बुधबार जारी खेलमा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६.५ ओभरमा १२६ रनमा अलआउट भयो।

विराटनगरका लागि मर्चेन्ट डी लाङ्गेले सर्वाधिक ३९ रन बनाए। उनले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरे। विराटनगरका ओपनरद्वय लोकेश बम र जर्ज मुन्से क्रमशः ७ र ४ रन बनाउँदै पेभेलियन फर्किदा साम हेज्जलेटले ११ बलमा ३ छक्कासहित २२ रन बनाए। वसिर अहमद डकआउट हुँदा पावरप्लेमा विराटनगरको ब्याटिङ धरापमा परेको हो। 

पावरप्लेमा ४ विकेट गुमाउँदै ३६ रन बनाएको थियो। पाँचौं विकेटको रूपमा नरेन भट्टको विकेट गयो। नरेनले १० बलमा ४ रन मात्रै बनाए। शुभम रञ्जाने, नारायण जोशीले क्रमशः ६ र ४ रन बनाए। सूर्य तामाङ डकआउट भए। १५.२ ओभरमा विराटनगरले ८ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो। नवौं विकेटको रूपमा मर्चेन्ट डी लाङ्गेको विकेट गयो। 

अन्तिम विकेटको रूपमा कप्तान सन्दीप लामिछाने क्रिजमा आएका थिए। प्रतिश जिसी ३० रनमा बोल्ड हुँदा सन्दीप लामिछाने ४ रनमा अविजित रहे। 

चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले ५ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए। कमल सिंह ऐरीले २ विकेट लिँदा सोहिल तान्भिर, कुशल मल्ल र सैफ जैबले १–१ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। चितवनका लागि रबी बोपाराले सर्वाधिक ६५ रन बनाए। उनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। ४ बलमा ४ रन हुँदा नरेन भट्टले गरेको १० औँ ओभरको पाँचौं बलमा रवि बोपाराको क्याच प्रतिश जिसीले मिस गरे। ४ रनमा जीवनदान पाएका बोपाराले अर्धशतकीय पारी खेलेका थिए। उनले पाँचौं विकेटको लागि कप्तान कुशल मल्लसँग ५६ रनको साझेदारी गरे। 

पहिलो विकेटको रूपमा दीपक बोहोरा १.३ ओभरमा ५ रनमा क्याच आउट भए। चितवनका लागि आक्रामक सुरुवात गरेका डेविड मलानले ९ बलमा ३ चौका सहित १७ रन बनाउँदै मर्चान्ट डी लाङ्गेको बलमा बोल्ड भए। पावरप्लेमा २ विकेट गुमाउँदै ४७ रन बनाएको थियो । तेस्रो विकेटको रूपमा देव खनालको विकेट गयो। उनले तेस्रो विकेटको लागि सैफ जैबसँग ४२ रनको साझेदारी गरे। पछिल्लो २ खेलमा सस्तैमा पेभेलियन फर्किएका देवले तेस्रो खेलमा आएर २८ रन बनाए। 

चौथो विकेटको रूपमा सैफ जैबको विकेट गयो। उनले ३० बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३२ रन बनाउँदै क्याच आउट भए। उनले चौथो विकेटको रूपमा रबी बोपारासँग ४९ रनको साझेदारी गरे। कप्तान कुशल मल्ल २० र अमर सिंह रौतेला ३ रनमा अविजित रहेका थिए। 

विराटनगर किंग्सका लागि बलिङमा मर्चेन्ट डी लाङ्गे र सन्दीप लामीछानेले समान २–२ विकेट र शुभम रञ्जानेले १ विकेट लिए। 

विराटनगरले यसअघिका ३ खेलमा ३ जित सहित अपराजित रहेको थियो। विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो। 

चितवनले यसअघिको २ खेलमा १ मा जित र १ मा हार बेहोरेको थियो। चितवन गोर्खाजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हारेको थियो।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.