लुम्बिनीविरुद्ध सुदूरपश्चिमले जित्यो टस, रोज्यो फिल्डिङ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेह्रौँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट स्टेडियममा बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका हुन्।
सुदूरपश्चिम र लुम्बिनी दुवै टिमको यो चौथो खेल हो। सुदूरपश्चिम हालसम्म अपराजित रहेको छ। सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा सुदूरपश्चिमले पोखरालाई १८ रन र कर्णालीलाई ४५ रनले हराएको थियो।
लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। त्यसपछिको २ खेलमा भने लुम्बिनीले हार व्यहोरेको छ। कर्णाली याक्ससँग ९ विकेट र काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !