लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको १३ औँ खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रन बनाएको हो।
लुम्बिनी लायन्सका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३६ बलमा ३ चौकाप्रहार गरे। उनले दिलीप नाथसँग ५२ रनको साझेदारी गर्दै लुम्बिनीलाई १०० माथिको रनमा पुर्याए। १२.२ मा अभिनाश बोहोराको बलमा नरेन साउदले २९ बलमा २९ रन बनाएका रोहित पौडेलको क्याच छुटाए। त्यसपछि जीवनदान पाएका रोहितले त्यसपछिको २ ओभरपछि उनको विकेट गयो।
ओपनरद्वय डार्सी सर्ट र सुमित महर्जनले समान १८/१८ रन बनाए। दिलीप नाथले ३१ रन, गुल्बदिन नैबले ११ रन बनाए। त्यसपछिका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। १०४ रनमा तेस्रो विकेट गुमाएको लुम्बिनीले ३९ रनमा अन्य विकेट गुमायो।
सुदूरपश्चिम रोयल्सका लागि अभिनाश बोहोरा र हर्मित सिंहले ३–३ विकेट लिए। हेमन्त धामीले २ विकेट र स्कट केइगुलिनले १ विकेट लिए।
सुदूरपश्चिम र लुम्बिनी दुवै टिमको यो चौथो खेल हो। सुदूरपश्चिम हालसम्म अपराजित रहेको छ। सुदूरले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा सुदूरले पोखरालाई १८रन र कर्णालीलाई ४५ रनले हराएको थियो।
लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। त्यसपछिको २ खेलमा भने लुम्बिनीले हार बेहोरेको छ। कर्णाली याक्ससँग ९ विकेट र काठमान्डु गोर्खाजसाग २२ रनले पराजित भएको थियो।
आजको दोस्रो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको रहेको छ।
प्रतिक्रिया दिनुहोस !