पावरप्लेमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमले बनायो ४४ रन
काठमाडौं : सुदूरपश्चिमले पावरप्लेमा लुम्बिनीविरुद्ध ४४ रन बनाएको छ।
त्रीवि क्रिकेट स्टेडियममा टस हारेर पहिलो इनिङ्समा ब्याटिङ गरेको लुम्बिनी लायन्सले दिएको १४४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेटको क्षतीमा ४४ रन बनाएको हो।
सुदूरले पहिलो विकेटको रुपमा ओपनर जोश ब्राउनको विकेट गुमायो। उनले ७ बलमा २ चौकासहित ९ रनमा क्याच भए।
दोस्रो विकेट वान डाउन आएका क्रिस लिनको गायो। उनले १४ बलमा १ चौका र २ छक्कासहित १६ रन बनाउँदै क्याच भए। ६ ओभरको खेल सकिँदा ओपनर विनोद भण्डारी १८ र आरिफ शेख शुन्यमा अविजित खेलिरहेका छन्।
लुम्बिनी लायन्सका लागि अभिषेश गौतम र रुबिन ट्रम्पलमेनले १–१ विकेट लिए।
यो खेल यी दुवै टोलीको चौथो खेल हो। सुदूरपश्चिम हालसम्म अपराजित छ भने लुम्बिनीले अघिल्लो ३ खेलमा १ खेलमा मात्रै जित निकाल्दा २ खेलमा हार बेहोरेको छ।
आजको दोस्रो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच हुनेछ।
प्रतिक्रिया दिनुहोस !