पावरप्लेमा पोखराको राम्रो सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १४ औं खेलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पावरप्लेमा ४५ रन बनाएको छ।
त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखराले बिना कुनै विकेटको क्षती ४५ रन बनाएको हो। पावरप्ले सकिँदा दिनेश खरेल २७ र एडम रोसिङ्टोनले १८ रन बनाएर खेलिरहेका छन्।
पोखरा र जनकपुर दुवैको यो तेस्रो खेल हो। दुवै टिमले हालसम्म कुनैपनि जित दर्ता गर्न सकेका छैनन्।
पोखराले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रन र दोस्रो खेलमा सुदूर पशिचम रोयल्ससँग १८ रनले पराजित भएको थियो।
जनकपुर पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेट र दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !