सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको १४ औँ खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको विजयी लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो। 

पोखराका लागि सुमित बर्माले सर्वाधिक रन बनाए। उनले अर्धशतकीय पारी खेल्दै पोखराका लागि सम्मानजनक स्कोर बनाए। उनले २८ बलमा २ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहे। 

पावरप्लेमा बिना कुनै विकेट ४५ रन बनाएको पोखराले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गर्यो। त्यसपछि तृतराज दास र सुमित बर्माले पाँचौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै पोखराको स्कोर उकासेका हुन्। 

६.३ ओभरमा पोखराका ब्याटर दिनेश खरेल २७ रनमा जीवनदान पाए। सञ्जय कृष्णमुर्तिको बलमा आसिफ शेखले स्टम्पिङ गरेको अपिलमा टिभी अम्पायरले नट आउटको निर्णय दिएका थिए। 

पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेको पोखराले राम्रो सुरुवात पाएको थियो। पहिलो विकेटको रुपमा एडम रोसिङ्टोनको विकेट गयो। उनले २४ रन बनाए। पहिलो विकेटको क्षतीपछि २ रन जोड्न पोखराले २ विकेट गुमाएको थियो। दोस्रो विकेट कप्तान कुशल भुर्तेल गोल्डेन डक हुँदा तेस्रो विकेटको रुपमा ओपनर दिनेश खरेलको विकेट गयो। दिनेशले ३८ रन बनाए। 

चौथो विकेट जिमी निसमको गयो । उनी खाता खोल्ने बित्तिकै पेभेलियन फर्किए।

पाँचाैँ विकेट तृतराज दास रनआउट भए। उनी र सुमित बर्माले पाँचौं विकेटको लागि राम्रो साझेदारी गरे। तृतराज दासले २९ रन बनाए। छैटौं विकेट डान डाउथवैटको गयो । उनी ७ रनमा क्याच भए। किरण ठगुन्ना १ रनमा अविजित रहे। 

जनकपुर बोल्ट्सका लागि सञ्जय कृष्णमुर्तिले सर्वाधिक ३ विकेट लिए। अनिल शाह र ललित राजवंशीले १–१ विकेट लिए।

पोखरा र जनकपुर दुवैको यो तेस्रो खेल हो। दुवै टिमले हालसम्म कुनैपनि जित दर्ता गर्न सकेका छैनन्। 

पोखराले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रन र दोस्रो खेलमा सुदूर पश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो। 

आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.