पावरप्लेमा जनकपुरको ब्याटिङ धरापमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको १४ औँ खेलमा पोखराविरुद्ध जनकपुर बोल्ट्सले पावरप्लेमा ३६ रन बनाएको छ। पावरप्लेमा जनकपुर बोल्ट्सले ४ विकेट गुमाउँदै ३६ रन बनाएको हो।
सुरुवाती २ विकेट सस्तैमा गुमायो। तेस्रो विकेटका लागि निकोल लोफ्टी इटोनसँग माज सदाकले १४ रनको साझेदारी गरे।
आसिफ शेख गोल्डेन डक हुँदा शुभ कंसाकर ४ रन र निकोल लोफ्टी इटोन २ रनमा पेभेलियन फर्किए। चौथो विकेट माज सदाकको गयो। उनले १४ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए।
६ ओभर सकिँदा क्रिजमा सञ्जय कृष्णमुर्ती ९र अनिल शाह शुन्यमा अविजित रहेका छन्।
पोखराका लागि विपिन खत्री र सुमित बर्माले समान २–२ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !