पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ। जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले सिजनको पहिलो जित दर्ता गरेको हो। जनकपुर बोल्ट्सको भने यो लगातार तेस्रो हार हो। 

पोखराले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको हो। 

जनकपुर बोल्ट्सका लागि आठौँ क्रमका ब्याटर वायन पार्नेलले अर्धशतक पूरा गरे। उनले ३८ बलमा २ चौका र ४ छक्कासहित ५० रन पूरा गर्दै रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिए। १९ औँ ओभरमा खुट्टामा क्रयाम्प आउँदा उनले अर्धशतक पूरा गर्दै मैदानबाट बाहिरिएका हुन्। 

सुरुवाती २ विकेट सस्तैमा गुमायो। तेस्रो विकेटका लागि निकोल लोफ्टी इटोनसँग माज सदाकले १४ रनको साझेदारी गरे। 

आसिफ शेख गोल्डेन डक हुँदा शुभ कंसाकर ४ रन र निकोल लोफ्टी इटोन २ रनमा पेभेलियन फर्किए। चौथो विकेट माज सदाकको गयो। उनले १४ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए। पाँचौं विकेट कप्तान अनिल शाहको गयो । छैटौं विकेट मयन यादवको रूपमा जनकपुरले गुमायो। सातौँ विकेट सञ्जय कृष्णमुर्तीको गयो । 

उनले २५ रन बनाए। उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्। रुपेश सिंहले ७ रन बनाएर क्याच भए। 

ललित राजवंशी १० र किशोर महतो १ रनमा अविजित रहे। 

पोखरा एभेन्जर्सका लागि बलिङतर्फ विपिन खत्रीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए। सुमित बर्माले २ र कुशल भुर्तेलदर जिमी निशमले १–१ विकेट लिए। डेथ ओभर बलिङ गर्न आएका डान डाउथवर्थ पनि १९.२ ओभरमा क्रयाम्प आउदा मैदानबाट बाहिरिएका थिए। 

टस जितेर पहिलो इनिङ्समा ब्याटिङ गर्ने निर्णय लिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।  

पोखराका लागि सुमित बर्माले सर्वाधिक रन बनाए। उनले अर्धशतकीय पारी खेल्दै पोखराका लागि सम्मानजनक स्कोर बनाए। उनले २८ बलमा २ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहे। 

पावरप्लेमा बिना कुनै विकेट ४५ रन बनाएको पोखराले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गर्यो। त्यसपछि तृतराज दास र सुमित बर्माले पाँचौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै पोखराको स्कोर उकासेका हुन्। 

पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेको पोखराले राम्रो सुरुवात पाएको थियो। पहिलो विकेटको रूपमा एडम रोसिङ्टोनको विकेट गयो। उनले २४ रन बनाए। पहिलो विकेटको क्षतीपछि २ रन जोड्न पोखराले २ विकेट गुमाएको थियो। दोस्रो विकेट कप्तान कुशल भुर्तेल गोल्डेन डक हुँदा तेस्रो विकेटको रूपमा ओपनर दिनेश खरेलको विकेट गयो। दिनेशले ३८ रन बनाए। 

चौथो विकेट जिमी निसमको गयो । उनी खाता खोल्ने बित्तिकै पेभेलियन फर्किए।

पाँचाैँ विकेट तृतराज दास रनआउट भए। उनी र सुमित बर्माले पाँचौं विकेटको लागि राम्रो साझेदारी गरे। तृतराज दासले २९ रन बनाए। छैटौं विकेट डान डाउथवैटको गयो । उनी ७ रनमा क्याच भए। किरण ठगुन्ना १ रनमा अविजित रहे। 

जनकपुर बोल्ट्सका लागि सञ्जय कृष्णमुर्तिले सर्वाधिक ३ विकेट लिए। अनिल शाह र ललित राजवंशीले १–१ विकेट लिए।

पोखराले यसअघि, पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रन र दोस्रो खेलमा सुदूर पश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो। 

जनकपुर बोल्ट्सले पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेट । दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले हार बेहोरेको थियो। 

आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको थियो।

शुक्रबार २ खेल छन्। पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज भिड्नेछन्। दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबिच खेल हुनेछ।
 

 
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.