एनपीएलमा आज २ खेल हुँदै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज २ खेल हुँदै छ। त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल चितवन राइनोज र काठमान्डु गोर्खाजबीच हुँदैछ।
काठमान्डुको यो पाँचौं र चितवनको चौथो खेल हो। काठमान्डुले ४ खेलमा २ जित र २ हारसहित अंक तालिकाको चौथो स्थानमा रहेको छ। चितवन ३ खेलमा २ जित र १ हारसहित तेस्रो स्थानमा रहेको छ।
शुक्रबारको दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ। कर्णालीको यो चौथो खेल हो भने विराटनगरको यो पाँचौं खेल हो। विराटनगर ४ खेलमा ३ जित र १ हारसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। कर्णाली ३ खेलमा २ हार र १ जितसहित पाँचौं स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस !