जोन सिम्पसनको अर्धशतकसहित काठमान्डुले चितवनलाई दियो १४३ रनको विजयी लक्ष्य

जोन सिम्पसनको अर्धशतकसहित काठमान्डुले चितवनलाई दियो १४३ रनको विजयी लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डु १९.४ ओभरमा १४२ रन बनाउँदै अलआउट भएको हो। 

काठमान्डु गोर्खाजका लागि जोन सिम्पनसनले सर्वाधिक ६० रन बनाए। उनले २९ बलमा ३ चौका र ५ छक्का सहित ६० रनको अर्धशतकीय पारी खेले।

काठमान्डुले पहिलो विकेटको रूपमा ओपनर आकाश त्रिपाठीलाई रन आउटको रूपमा गुमायो। उनले ५ बलमा १ चौकासहित ४ रन बनाउँदै १.६ ओभरमा अर्जुन साउदको हातबाट डाइरेक्ट हिटमार्फत रनआउट भए। 

दोस्रो विकेट वान डाउन आएका रसिद खानको विकेट गयो। उनी रञ्जित कुमारको बलमा रबि बोपाराको हातमा क्याच भए। उनले ६ रन मात्रै बनाए। 

तेस्रो विकेट अर्का ओपनर बेन चार्लेसवर्थको गयो। उनले १४ बलमा २ चौकासहित १३ रन बनाए। उनलाई सोहिल तान्भिरले रबि बोपाराको हातमा क्याच गराए।

काठमान्डुले पावरप्लेमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको थियो। चौथो विकेटका लागि जोन सिम्पसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गर्दै टिमको स्कोर उकासे। चौथो विकेटको रूपमा मिलिन्द कुमारको विकेट गयो। मिलिन्दले ४३ बलमा ५ चौकासहित ३८ रन बनाए। उनले २६ रन बनाउँदा क्याच मिसको रूपमा जीवनदान पाएका थिए। 

पाँचौं विकेटको रूपमा जोन सिम्पसनको विकेट गयो। १२२ मा ४ विकेट गुमाएको काठमान्डुले १३३ रन बनाउँदा ९ विकेट गयो। अन्तिम विकेटको रूपमा दिपेश कँडेल ५ बलमा ६ रन बनाउँदै क्याच आउट भए। 

छैटौं विकेटको रूपमा जेहरार्ड इरास्मस, मोहम्मद आदिल आलम र सन्तोष यादवको विकेट एकै ओभरमा गयो। 

चितवनका लागि सोहिल तान्भिरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २५ रन मात्रै खर्चिए। रञ्जित कुमार र कमल सिंह ऐरीले २–२ विकेट लिँदा रबि बोपाराले १ विकेट लिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.