चितवनले पावरप्लेमा गुमायो दुवै ओपनर
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत काठमान्डु गोर्खाजविरुद्ध चितवन राइनोजले पावरप्लेमा सुस्त सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा काठमान्डु गोर्खाजले दिएको १४३ रनको विजयी लक्ष्य पछ्याएको चितवन राइनोजले ३ विकेट गुमाउँदै २८ रन बनाएको हो।
पहिलो ओभरमा पहिलो विकेटका रूपमा ओपनर दीपक बोहोरा डकआउट भए। दोस्रो विकेट अर्का ओपनर डेविट मलान ७ रनमा पेभेलियन फर्किए। तेस्रो विकेट सैफ जैब १ रनमा स्टम्पिङ भए।
६ ओभरको खेल सकिँदा क्रिजमा देव खनाल १९ र कप्तान कुशल मल्ल शून्यमा अविजित खेलिरहेका छन्।
काठमान्डु गोर्खाजका लागि मिलिन्द कुमारले २ र करण केसीले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !