चितवनको ब्याटिङ कोल्याप्स हुँदा काठमान्डुको तेस्रो जित

चितवनको ब्याटिङ कोल्याप्स हुँदा काठमान्डुको तेस्रो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। चितवनको भने यो दोस्रो हार हो। 

त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा १४२ रन बनाएको थियो। काठमान्डुले दिएको १४३ रनको विजयी लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो। 

चितवनका लागि अघिल्लो ३ खेलमा अर्धशतकीय पारी खेलेका रवि बोपारा पनि यो खेलमा २१ रनमा पेभेलियन फर्किए। रबि र देव खनालले समान २१/२१ रनको पारी खेले। सोहिल तान्भिरले १८ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। 

काठमान्डुका लागि रासिद खानले सर्वाधिक ३ विकेट लिए।  करण केसी, मिलिन्द कुमार र साहब आलमले २–२ विकेट लिए। सन्तोष यादवले १ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको काठमान्डुका लागि  जोन सिम्पनसनले सर्वाधिक ६० रन बनाए। उनले २९ बलमा ३ चौका र ५ छक्का सहित ६० रनको अर्धशतकीय पारी खेले ।

काठमान्डुले पहिलो विकेटको रूपमा ओपनर आकाश त्रिपाठीलाई रन आउटको रूपमा गुमायो। उनले ५ बलमा १ चौकासहित ४ रन बनाउँदै १.६ ओभरमा अर्जुन साउदको हातबाट डाइरेक्ट हिटमार्फत रनआउट भए। 

दोस्रो विकेट वान डाउन आएका रसिद खानको विकेट गयो। उनी रञ्जित कुमारको बलमा रबि बोपाराको हातमा क्याच भए। उनले ६ रन मात्रै बनाए। 

तेस्रो विकेट अर्का ओपनर बेन चार्लेसवर्थको गयो। उनले १४ बलमा २ चौकासहित १३ रन बनाए। उनलाई सोहिल तान्भिरले रबि बोपाराको हातमा क्याच गराए।
काठमान्डुले पावरप्लेमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको थियो। 

चौथो विकेटका लागि जोन सिम्पसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गर्दै टिमको स्कोर उकासे। चौथो विकेटको रूपमा मिलिन्द कुमारको विकेट गयो। मिलिन्दले ४३ बलमा ५ चौकासहित ३८ रन बनाए। उनले २६ रन बनाउँदा क्याच मिसको रूपमा जीवनदान पाएका थिए। 

पाँचौं विकेटको रूपमा जोन सिम्पसनको विकेट गयो। १२२ मा ४ विकेट गुमाएको काठमान्डुले १३३ रन बनाउँदा ९ विकेट गयो। अन्तिम विकेटको रूपमा दिपेश कँडेल ५ बलमा ६ रन बनाउँदै क्याच आउट भए। 

छैटौं विकेटको रूपमा जेहरार्ड इरास्मस, मोहम्मद आदिल आलम र सन्तोष यादवको विकेट एकै ओभरमा गयो। 

चितवनका लागि सोहिल तान्भिरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २५ रन मात्रै खर्चिए। रञ्जित कुमार र कमल सिंह ऐरीले २–२ विकेट लिँदा रबि बोपाराले १ विकेट लिए।

यसअघि चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको चितवनले तेस्रो खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो।

यस्तै काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो। तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हार व्यहोरेको काठमान्डुले चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रनले हराएको थियो। 

आजको दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबिच हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.